डडेलधुरा। डडेल्धुरामा मतगणना शुरु भएको छ ।
जारी मतगणनामा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर देउवाले शुरुवाती अग्रता कायम गरेका छन् ।
२ सय मतगणना गर्दा देउवाले ८८ मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका कर्णबहादुर मल्लले ५९ मत प्राप्त गरेका छन् ।
यता स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२ मत प्राप्त गरेका छन् ।
अहिले परशुराम र नवदुर्गा मतदान केन्द्रको मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया