काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दीर्घ सोडारीलाई नेकपाको कञ्चनपुर प्रदेश कमिटिले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीबाट बर्खास्तीमा समेत परेका सोडारीले आचरणविपरीत काम गरेको भन्दै नेकपाले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
नेकपाका नेता कर्ण थापाका अनुसार उनले आचरण विपरीत काम गरेको पाइएकोले पार्टीको साधारण सदस्य सहित सबै पदबाट हटाउने निर्णय भएको हो ।
सोडारीले कस्तो काम गरेपछि पार्टीले उनलाई कारबाही गरेको भन्नेबारे उनले खुलाएनन् ।
भाइटीकाको गत कात्तिक २ गते मन्त्री सोडारीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको विषयमा विवाद भएको थियो ।
मुख्यमन्त्री कार्यालयले उनलाई हटाउनुको स्पष्ट कारण दिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया