काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा हालसम्म नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले अग्रता कायमै राखेका छन् ।
थापाले ४ हजार ७ सय २७ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका डा. राजन भट्टराईले ३ हजार ४ सय ९१ मत प्राप्त गरेका छन् ।
यसरी हेर्दा थापा–भट्टराईबीच १ हजार २ सय ३६ मतको अन्तर देखिन्छ ।
हालसम्म बुढानिलकण्ठ नगरपालिका वडा नं १, २ र ९ को मतगणना सकिएको छ । यसरी हेर्दा थापासँगको प्रतिष्पर्धा भट्टराईलाई कसिलो बन्दै गएको छ ।
हाल मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया