काठमाडौं–९ मा एमाले अघि

लोकपथ
104
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कृष्णगोपाल श्रेष्ठ एक हजार एक सय ४४ मतको अग्रता कायम गरेका छन् ।

त्यस्तै, नौ मतले पछि परेका राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल एक हजार एक सय ३५ मतसहित दोस्रो स्थान कायम गरेका छन्।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की कल्पना धमलाले पाँच सय ३५ प्राप्त गरेकी छिन । दिउँसो ३ बजेसम्म यस क्षेत्रमा चार हजार मतगणना सम्पन्न भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?