ललितपुर–३ मा रोचक प्रतिष्पर्धा : तोसिमा अगाडि, भुसाल ५ सय मतले पछाडी

लोकपथ
301
Shares

ललितपुर । ललितपुर क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले १ हजार ४ सय ८२ मतसहित अग्र स्थानमा रहेकी छिन् ।

त्यसैगरी नेकपा एमालेका अमृत खड्काले १ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ९ सय ८८ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।

यसरी गठबन्धनकी उम्मेदवार भुसाल स्वतन्त्र पार्टीकी उम्मेदवार कार्की भन्द ४ सय ९४ मतले पछि परेकी छिन् ।

हाल मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?