तनहुँ -२ मा कांग्रेसको अग्रता

लोकपथ
143
Shares

काठमाडौं । तनहुँ–२ मा नेपाली कांग्रेस अग्रता कायम गरेको छ । प्रारिम्भक मतगणनामा कांग्रेसका शङ्कर भण्डारीले अग्रता लिउका छन् ।

हालसम्म एक हजार ६ सय ३७ मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार भण्डारीले सात सय ६३ मत पाएका छन् ।

नेकपा एमालेका किरण गुरुङले चार सय २६, राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले २ सय ३८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा १ लाख २५ हजार ५ मतदाता रहेकोमा ६८ हजार २ सय ७१ मत खसेको छ । जम्मा १० जना प्रतिनिधि सभाका उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?