काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले शुरुवाती अग्रता कायम राख्दै आफ्नो मतान्तर बढाएका छन् ।
पछिल्लो परिणाम अनुसार थापाले ३ हजार ४ सय ७९ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी डा. राजन भट्टराईले २ हजार ७ सय १५ मत प्राप्त गरेका छन् ।
यसरी हेर्दा दुई जनाबीचको मतान्तर ७ सय ५४ रहेको छ ।
हालसम्म ७ हजार ५ सय ७१ मतको गणना भएको छ । अहिले मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया