दाङ–३ मा कोमल वलीको अग्रता

लोकपथ
234
Shares

काठमाडौं । नेकपा एमाले दाङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी गायीका कोमल वलीले अग्रता कायम गरेकी छिन् ।

हिजो भएको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा सहभागी बनेकी उनले केही समयअघिबाट शुरु भएको मतगणनाबाट अग्रता कायम गरेकी हुन् ।

गायीका वलीले ८ सय ५५ मत गणना हुँदा ३ सय ३६ मत प्राप्त गरेकी छिन् भने उनलाई पच्छ्याइ रहेको नेपाली कांग्रेसले ३ सय ३६ मत प्राप्त गरेको छ । यस्तै, रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले १ सय ५५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?