कास्की ३ को मतगणना शुरू

लोकपथ
35
Shares

पोखरा । पोखरा ३ को प्रत्यक्ष र समानुपातिकतर्फको गणना शुरू भएको छ । कास्की ३ मा एक लाख एक हजार सात सय १५ रहेकोमा ६१ हजार चार सय १४ मतदान गरेका छन् । ३ (क) मा २९ हजार सात सय ८३ र ३ (ख) मा ३१ हजार ६ सय ३० मतदान गरेका छन् ।

कास्की ३ मा एमालेबाट दामोदर पौडेल बैरागी, माओवादीबाट रामजीप्रसाद बराल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट योगराज पौडेलसहित १५ जना उम्मेदवार रहेका छन् । कास्की ३ (क) बाट एमालेबाट गणेश गुरुङ, नेकपा माओवादीबाट दुर्गादत्त भण्डारी उम्मेदवार रहेका छन् ।

यसैगरी कास्की ३ (ख) बाट एमालेबाट राजिव पहारी र कांग्रेसबाट प्रकाश बरालसहित चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?