काठमाडौं– काठमाडौ क्षेत्र नम्बर ५ मा मतगणना शुरु भएको छ । सर्वदलीय बैठकपश्चात मतगणना सुरु भएको निर्वाचन अधिकृत ऋतबहादुर पुलामी मगरले लोकपथलाई जानकारी दिए ।
काठमाडौं ५मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल र एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच तीव्र प्रतिस्पर्धा छ । साथै, स्वतन्त्र उम्मेदवारहरू पनि यहाँ बलियाे दाबेदारकाे रूपमा प्रस्तुत भएका छन् ।
काठमाडौं ५ मा कुल ७० हजार ९ सय १९ जना मतदाता थिए । जसमध्ये हिजो भएको निर्वाचनमा ४५ हजार ९ सय ८७ मत खसेको थियो । यो कुल मतको ६४.८४ प्रतिशत हो । जसमध्ये पुरुष २२ हजार ५ सय ५, महिला २३ ७ सय ७९ अन्य तीनजनाले मतदान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया