रुपन्देही-२ मा शुरु भयो मतगणना

लोकपथ
147
Shares

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ भर्खरै मतगणना शुरु भएको छ । बिहान ११ बजेदेखि मतगणना गर्ने भनिए पनि सर्वदलीय बैठक लम्बिएकाले केही ढिला शुरु भएको हो ।

निर्वाचन अधिकृतको कार्यालय रहेको बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा मतगणना शुरु भएको निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए । सुरुमा सरस्वती मावि बुटवल–१ र न्युलाइट मावि तिलोत्तमाको पाँच वटा मतपेटिका खोलिएको छ ।

रुपन्देही क्षेत्र नम्बर २ मा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र सत्ता गठबन्धनको समर्थनमा जनमुक्ति पार्टीका केशवबहादुर थापा (सूर्यवंशी) उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?