सप्तरी-२ : उपेन्द्रको पक्कड क्षेत्रमै सीके राउतलाई फराकिलो अग्रता

लोकपथ
196
Shares

काठमाडौं । सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका सीके राउतले अग्रता कायमै रहेको छ ।

राउतले १ हजार ६ सय ३४ मत पाएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ४९१ मत ल्याएर उनलाई पच्छ्याइरहेका छन् । त्यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले ६७० मत ल्याएका छन् ।

हाल मत गणना भएको स्थानलाई उपेन्द्रको पक्कड क्षेत्र मानिन्छ । आफ्नो पक्कड क्षेत्रमा यादव पछाडी रहेका छन् ।

त्यस्तै प्रदेशमा पनि जनमत पार्टी अग्र स्थानमा रहेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टी दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?