काठमाडौं–४ : कांग्रेस कमजोर वडामै गगनको अग्रता

लोकपथ
728
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ को मतगणना जारी रहेको छ ।

हालसम्म १ हजार ५ सय ११ मतको गणना गरिएको छ ।

जसमा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले ६६८ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका डा. राजन भट्टराईले ६३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी राप्रपाले ६५, खुकुरी चुनाव चिह्नले २८ र लौरो चुनाव चिह्नले १९ मत प्राप्त गरेको छ ।

अहिले बुढानिलकण्ठ नगरपालिका वडा नं १ को मतगणना भइरहेको छ । त्यस वडामा स्थानीय तहमा समेत नेकपा एमालेले जित हासिल गरेको थियो । कांग्रेस कमजोर रहेको वडामा थापाले अग्रता लिएका छन् ।

मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?