तेह्रथुमको छथरमा पुनः मतदान हुने

लोकपथ
175
Shares

काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गर्ने निर्ण्नय भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदान गराउने निर्णय भएको पत्र निर्वाचन आयोगमा पठाएको छ । ४३ जनाले दोहोरो मतदान गरेको पाइएपछि पुनः मतदान हुने भएको छ । उक्त केन्द्रमा ४५६ जनाले मतदान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?