नुवाकोट । नुवाकोटको क्षेत्र नं २ मा मतगणना शुरु भएको छ ।
केहीबेरअघि सबै प्रक्रिया पूरा गरि मतगणना शुरु गरिएको हो ।
आइतबार सम्पन्न सो क्षेत्रमा कुल मतदाताको ५० प्रतिशत मत खसेको थियो ।
सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट अर्जुननरसिंह केसी, एमालेका तर्फबाट नारायणप्रसाद खतिवडा र स्वतन्त्र पार्टीका सुमन पाण्डेबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
यता नुवाकोट क्षेत्र नं १ मा पनि मतगणना शुरु भएको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका बद्री मैनाली र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट डा. प्रद्युम्न महतबीच चुनावी प्रतिष्पर्धा हुने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया