नुवाकोट क्षेत्र नं २ को मतगणना शुरु

लोकपथ
104
Shares

काठमाडौं । नुवाकोट क्षेत्र नम्बर २ को मतगणना शुरु भएको छ । मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वदलीय बैठक सकिएसँगै मतगणना शुरु गरिएको हो ।

यहाँ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अर्जुननरसिंह केसी, एमालेका नारायण खतिवडाबीच मूख्य प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेलाई पनि बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ । यहाँ प्रतिनिधि सभातर्फ ११ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?