मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, थकाली विजयी

लोकपथ
154
Shares

काठमाडौं । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । गौचनले ३९९२ मत प्राप्त गर्दै विजयी भएको मुस्ताङका मूख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले लोकपथलाई जानकारी दिए ।

गौचनले एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन् । उनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत प्राप्त गरे ।

२८ वर्षीय थकालीले एलाइन्स युनिभर्सिटी बैंगलोरबाट बिजनेश म्यानेजमेन्टमा स्नातक गरेका छन्। योगेश नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन्। उनी पर्यटन व्यवसायीसमेत हुन्।

थकाली कांग्रेस गण्डकी प्रदेशको कार्यसम्पादन र कार्यसमिति सदस्य छन्। पार्टीको वडा सभापति र जिल्ला सदस्य हुँदै उनी मुस्ताङबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?