काठमाडौं । काठमाडौं क्षेत्र ७ को १ हजार ५ सय ४३ मतगणना सकिएको छ ।
जसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायमै राखेको छ । केही बेरको मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३७५ मत प्राप्त गरेको छ ।
त्यस्तैगरी नेकपा एमालेका उम्मेदवारले ३०६ मत, हसियाँ हथौडाले २९० मत प्राप्त गरेको छ ।
यता पानीको जार चुनाव चिह्नले १४२ मत प्राप्त गरेको छ । त्यसैगरी घण्टाघर चुनाव चिह्नले ४१, लौरो चुनाव चिह्नले ४१ मत प्राप्त गरेको छ । यता लोसपाको छाता चुनाव चिह्नले ६२ मत प्राप्त गरेको छ ।
मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया