बैतडी जिप दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ८ जनाको अवस्था चिन्ताजनक

लोकपथ
117
Shares

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रहरी सवार जिप दुर्घटनाबाट ३ जनाको घटनास्थमै र एकजनाको पाटन अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको उद्धारमा खटिएका डीएपी प्रेमबहादुर शाहीले लोकपथलाई जानकारी दिए । दुर्घटनामा अन्य ८ जनाको अवस्था चिन्ताजनक छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको थियो ।

मतपेटिका पुर्‍याएर फर्कदै गरेको नेपाल प्रहरी टोली सवार जिप दुर्घटनामा परेको थियो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने घटनाको प्रारम्भिक अनुमान गरिएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । जिपमा १२ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?