काठमाडौं । सल्यानमा मतगणना गर्नका लागि बसेको सर्वदलीय बैठक सकिएको छ । जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले बैठकले ११ बजेदेखि मतगणना शुरु गर्ने सहमति जुटाएको जानकारी दिए ।
१ लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ मत खसेको छ । जुन कुल संख्याको ५३.२७ प्रतिशत हो ।
सल्यानमा प्रतिनिधिसभामा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला र एमालेबाट राजेन्द्रवीर राय उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया