काठमाडौं । प्रधानमन्त्रीको गृह जिल्ला डडेलधुरामा अझै मगपेटिका संकलनको काम भइरहेको छ ।
भौगोलिक विकटताको कारण अझै मतपेटिका संकलनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले लोकपथलाई जानकारी दिए ।
कतिपय स्थानमा सवारी नजाने भएका कारण मतगणनास्थलसम्म ढुवानीको लागि ल्याउनुपर्ने भएकोल ढिलाई भएको उनको भनाइ रहेको छ ।
‘भौगोलिक कारणले धेरै स्थानको मतपेटिका संकलन हुन सकेको छैन । मतपेटिका ढुवानी अन्तिम चरणमा पुगेको’ उनले भने ।
सो क्षेत्रमा प्रधानमन्त्री देउवासहित एमालेबाट स्वतन्त्रबाट सागर ढकाल लगायत उम्मेदवार रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया