कैलालीमा १० बजेबाट मतगणना हुने, सर्वदलीय बैठकको आब्हान

लोकपथ
63
Shares

कैलाली । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना कैलालीमा आज बिहान १० बजेपछि सुरु गर्न लागिएको छ । सर्वदलीय/सर्वपक्षीय बैठक बसेपछि निर्वाचनको मतगणना सुरु हुने तयारी गरिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार अबेर रातिसम्म मतदान केन्द्रका मटपेटिका मतगणनास्थलसम्ममा पु¥याएर निर्वाचन अधिकृतको कार्यालयलाई बुझाउने काम भएको थियो । निर्वाचन क्षेत्र १ को टीकापुर, क्षेत्र २ को लम्की, क्षेत्र ३ को सुख्खड, क्षेत्र ४ को अत्तरिया र क्षेत्र नं ५ को धनगढीमा मतगणना गर्ने तयारी छ ।

प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता रहेकोमा झण्डै ६२ प्रतिशत मत खसेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?