बाजुरामा विद्यार्थी नेताको विभत्स हत्या

लोकपथ
273
Shares

बाजुरा । बाजुरामा एक जना विद्यार्थी नेताको हत्या गरिएको छ । आइतबार राति घरमा आक्रमण गरेर जिल्लाको त्रिवेणी नगरपालिका–७ का चेतन अयडीको हत्या गरिएको प्रहरीले जनाएको छ ।

उनी अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष थिए। निर्वाचनमा भएको विवादलाई लिएर घरमा आक्रमण गर्दै उनीमाथि कुटपिट भएको थियो । गम्भीर घाइते भएका अयडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?