उदयपुरमा ५३ प्रतिशत मत खस्यो

लोकपथ
91
Shares

उदयपुर । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा उदयपुरमा ५३ दशमलब ०६ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा उदयपुरमा ५३ दशमलब ०६ प्रतिशत मत खसेको निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।

उदयपुरमा १ लाख २१ हजार ४७९ जनाले मतदान गरेका छन् । उदयपुरमा २ लाख २८ हजार ९४६ मतदाता रहेकोमा १ लाख २१ हजार ४७९ जनाले मतदान गरेका हुन् । २ प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यको लागि मतदान भएको थियो ।

उदयपुरमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र रहेका थिए । त्रियुगा नगरपालिका– ८ खाट मन्दिर आधारभूत विद्यालय मतदान स्थल नजिकै अज्ञात समुहले मतदान सुरु भएको केही समय मै मोवाईल वम बिष्फोट गराएका थिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणना त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटको भवनमा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को मतगणना कटारीमा रहेको उदयश्री बहुमुखी क्याम्पस कटारीको भवनमा गर्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?