काठमाडौं-७ मा मतगणना सुरु

लोकपथ
210
Shares

काठमाडौं  । काठमाडौं निर्वाचन क्षेत्र नं ७ को मतगणना भर्खरै सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा मतगणना सुरु गरिएको हो । सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् ।

चार स्थानमा मतगणना सुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातिकको मतगणना एकसाथ अगाडि बढाइनेछ । मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?