कास्की–२ को मतगणना : प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारकाे अग्रता

लोकपथ
3k
Shares

काठमाडाैँ । कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ । पोखरा–१५ कोलपाटको मतपेटिकाबाट गणना सुरु भएको हो ।

प्रतिनिधि सभा चुनावतर्फ ४ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले अग्रता लिएका छन् । उनलाइ अहिलेसम्म १ सय २३ मत प्राप्त भएकाे छ। त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय मत, नेकपा समाजवादीका श्रीनाथ बरालले ८२ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले ६८ मत प्राप्त गरेकी छन् । अहिले कोलपाटन केन्द्रको ५ सय ४१ मतको गणना भैरहेको छ ।

त्यसै गरी कास्की २ क मा प्रदेश सभा सदस्यका लागि राप्रपाले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार विजयबाबु भण्डारीले अग्रता लिएका हुन् । ५ सय ४१ मत गणना हुदा १ सय ९९ मत प्राप्त गरेका छन् ।

त्यसै गरी नेकपा एमालेका भीम कार्कीले १ सय ४५, नेकपा माओवादीका विश्वप्रकास लामिछानेले १ सय ५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५ सय ९६ मत खसेको थियो । कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना आज बिहान सर्वदलिय बैठकपछि सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?