मनाङमा हेलिकप्टरबाट मतपेटिका संकलन गर्ने तयारी

लोकपथ
52
Shares

मनाङ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार सम्पन्न निर्वाचनअन्तर्गत धेरै ठाउँमा मतपेटिका सकलन पूरा भइसकेको छैन। कतिपय मतदान केन्द्रका निर्वाचन अधिकृतहरूले सबै मतपेटिका संकलन गरी आइतबार बिहानबाट मात्र गणना शुरू गर्ने निर्णय गरेका छन्।

यसै क्रममा मनाङमा पनि सबै ठाउँबाट मतपेटिका संकलन नभइसकेको र मतपेटिका आउने क्रम जारी रहेको त्यहाँका मुख्य निर्वाचन अधिकृत उत्तम सिलुवालले बताए।

उनका अनुसार निर्वाचन क्षेत्रअन्तर्गत पर्ने कतिपय दुर्गम ठाउँबाट मतपेटिका ल्याउन समस्या भएपछि सोमबार हेलिकप्टर प्रयोग गरेर मतपेटिका संकलन गर्ने तयारी छ।

सबै मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक गरेर मतगणना कहिलेबाट सुरू गर्ने र कसरी गर्ने भनी निर्क्यौल हुने उनले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?