काठमाडौंं । काठमाडौंं क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंंहले निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ ।
फ्याक्ट नेपालको मतदान कार्य सकिसकेपछि गरेको सर्वेक्षण अनुसार नेता सिंंहले फराकिलो मतान्तरसहित जित हासिल गर्ने देखिएको हो ।
सर्वेक्षणका अनुसार नेता सिंंहले कुल मतको २४ प्रतिशत मत पाउनेछन् भने यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार किरण पौडलले १९ प्रतिशत मत प्राप्त गर्नेछन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले भने १४ प्रतिशत मात्रै प्राप्त गर्न प्रक्षेपण गरिएको छ । त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका पुकार बमले भने १२ प्रतिशत मत प्राप्त गर्न साथै अन्य बाकीँ उम्मेदवारले २६ प्रतिशत मत प्राप्त गर्न उक्त सर्वेक्षणको प्रक्षेपण रहेको छ ।
फ्याक्ट नेपालले निर्वाचनका बेला उम्मेदवारको मत सर्वेक्षण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया