रसुवामा ७२ प्रतिशत मत खस्यो, मतपेटिका सङ्कलन हुँदै

लोकपथ
39
Shares

रसुवा । रसुवा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनकाे लागि उत्साहपूर्वक मतदान कार्य सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार जम्मा २८ हजार ७ सय १२ मतदाता थिए भने जहाँ ७२. ७६ प्रतिशत मात्रै भोट खसेको छ । रसुवामा ५ वटा गाउँपालिका रहेका छन् ।

जसमा सबैभन्दा धेरै कालिका गाउँपालिकमा ७६ प्रतिशत भोट खसेको छ भने सबैभन्दा कम गोसईकुण्ड गाउँपलिका जम्मा ६९ प्रतिशत मत खसेको छ । त्यसतै उत्तरगया गाउँपालिकामा ७५ प्रतिशत, नौकुण्ड गाउँपलिकामा ७० प्रतिशत र आमाछोङिगो गाउँपालिकामा ७२ प्रतिशत मत खसेको छ । सबैतिरको मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बसी मतगणना शुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?