झापा- १ : शर्माले निर्वाचन जित्ने प्रक्षेपण

लोकपथ
793
Shares

काठमाडौँ । झापा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ ।

फ्याक्ट नेपालको मतदान कार्य सकिसकेपछि गरेको सर्वेक्षण अनुसार शर्माले झिनो मतान्तरसहित जित हासिल गर्ने देखिएको हो ।

सर्वेक्षणका अनुसार शर्माले कुल मतको ४९ प्रतिशत मत पाउनेछन् । भने यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार अग्नि प्रसाद खरेलले ३१ प्रतिशत मत प्राप्त गर्नेछन् । त्यसैगरी जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार कमल कुमार राईले १ प्रतिशत र अन्य उम्मेदवारले बाकीँ ३ प्रतिशत मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

फ्याक्ट नेपालले निर्वाचनका बेला उम्मेदवारको मत सर्वेक्षण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?