काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले निर्वाचन जित्ने एक सर्वेक्षणले देखाएको छ ।
फ्याक्ट नेपालले गरेको सर्वेक्षण अनुसार पौडेलले नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई पराजित गर्ने तथ्यांकले देखाएको छ ।
सर्वेक्षण अनुसार पौडेलले कुल मतको ३१ प्रतिशत र पोखरेलले ३० प्रतिशत मत ल्याउने देखिन्छ ।
यता राप्रपाबाट उम्मेदवार बनेका प्रणय शमशेर राणाले १४ प्रतिशत, स्वतन्त्र उम्मेदवार हेमराज थापाले १० र अन्य उम्मेदवारले १३ प्रतिशत मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया