काठमाडौं–४ : गगन थापाको पल्लाभारी हुने प्रक्षेपण

लोकपथ
399
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले निर्वाचन जित्ने प्रक्षेपण गरिएको छ ।

फ्याक्ट नेपालको सर्वेक्षण अनुसार थापाले ठूलो मतान्तरसहित जित हासिल गर्ने देखिएको हो ।

सर्वेक्षणका अनुसार थापाले कुल मतको ५३ प्रतिशत मत पाउनेछन् ।

यता उनका निकटतम प्रतिद्धन्दी डा. राजन भटट्राईले ३१ प्रतिशत मत प्राप्त गर्नेछन् । त्यसैगरी राप्रपाका ठाकुर मोहन श्रेष्ठले ८ प्रतिशत मतसहित तेस्रो हुनेछन् । यता स्वतन्त्र उम्मेदवार अर्जुनकुमार प्रसाइले ४ प्रतिशत र अन्यले ५ प्रतिशत मत ल्याउने प्रक्षेपण गरिएको छ ।

फ्याक्ट नेपालले निर्वाचनका बेला उम्मेदवारको मत सर्वेक्षण गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?