काठमाडौं–४ मा भोलि मात्रै मतगणना शुरु हुने

लोकपथ
511
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ को मतगणना भोलिमात्रै हुने भएको छ ।

हाल सबै मतपेटिका गणनास्थलमा आइपुगेको रव्यवस्थापनको काम भइरहेको निर्वाचन अधिकृत शारदादेवी पौडेलले लोकपथलाई जानकारी दिइन् ।

उनका अनुसार हाल सो क्षेत्रमा ६५ प्रतिशत हाराहारीमा मत खसेको छ । सबै क्षेत्रको मतपेटिका व्यवस्थापनपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मात्रै मतगणना सुरु हुनेछ ।

‘सबै मतपेटिका गणनास्थलमा आइसकेको छ । हामी व्यवस्थापनको काममा लागेका छाँै । व्यवस्थापनको काम सकेपछि सर्वदलीय सहमति भएपछि मात्रै मतगणना शुरु गरिनेछ ।’ उनले भनिन्, ‘भोलि बिहान मात्रै मतगणनाको काम शुरु गरिनेछ ।’

सो क्षेत्रको मतगणना काठमाडौंको चपलीस्थित जेष्ठ नागरिक सेवा भवनमा गरिनेछ ।

काठमाडौं–४ मा नेपाली कांग्रेसका तर्फबाट गगनकुमार थापा र एमालेका तर्फबाट डा. राजन भट्टराई लगायत चर्चित अनुहार रहेको कारण त्यहाँको निर्वाचनलाई चासोको रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?