काठमाडौं ३ मा भोलिदेखि मतगणना सुरु हुने

लोकपथ
104
Shares

काठमाडौं । काठमाडौं क्षेत्र नं ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरु हुने भएको छ । सर्वदलीय बैठकले भोलिदेखि मात्रै मतगणना सुरु गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताए ।

‘सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरु गर्ने भन्ने प्रस्ताव आएको छ । उहाँहरूले नै हामी भोलिपल्ट बाट मात्रै मतगणना गर्न मञ्जुर छौँ भन्नुभएको छ । त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौँ’, निर्वाचन अधिकृत शाहीले भने ।

अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन अधिकृत शाहीले जानकारी दिए । मतपेटिका बुझिसकेपछि अहिले ९ बजे फेरि सर्वदलीय बैठक बस्ने र मतगणना सुरु गर्नेबारे अन्तिम निर्णय गरिने उनको भनाइ छ । काठमाडौं क्षेत्र नं ३ को मतगणना नारायणटारस्थित चामुण्डा माविमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?