सिन्धुपाल्चोकमा मतपेटिका संकलन हुँदै, मतगणना सोमबारबाट मात्रै सुरु हुने

लोकपथ
143
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा भोलि(सोमबार)बाट मात्र मतगणना हुने भएको छ । अहिले जिल्लाभरबाट मतपेटिका संकलनको कार्य भइरहेकाले आज नै मतगणनाको सम्भावना नरहेको सहायक निर्वाचन प्रमुख राजेन्द्र प्रसाद वाग्लले लोकपथलाई जानकारी दिए ।

‘हामी मतपेटिका संकलनकै क्रममा छौँ,’ उनले भने, ‘मतपेटिका आउने क्रम जारी नै रहेकाले भोलिबाट मात्रै मतगणना सुरु गर्छौँ ।’

सिन्धुपाल्चोकमा २ वटा प्रतिनिधि सभा क्षेत्र रहेका छन् । जसको क्षेत्र नम्बर १ मा मूख्य प्रतिस्पर्धीका रुपमा गठबन्धनका तर्फबाट माओवादीका माधवप्रसाद सापकोटा सुबोध र एमालेका सरेश नेपालबीच प्रतिस्पर्धा भएको छ । भने, २ मा गठबन्धनका तर्फबाट कांग्रेसका मोहनबहादुर बस्नेत र एमालेका शेरबहादुर तामाङ मूख्य प्रतिस्पर्धीका रुपमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?