इन्सेकको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदन हस्तान्तरण

लोकपथ
104
Shares
k|d’v lgjf{rg cfo’Qm yklnof–OG;]s sf7df8f}F, $ dªl;/ . k|ltlglw;ef / k|b]z;ef ;b:osf] lgjf{rg af/] cgf}krfl/s If]q ;]jf s]Gb| -OG;]s_n] u/]sf] ko{j]If0fsf] k|f/lDes k|ltj]bg k|d’v lgjf{rg cfo’Qm lbg]zs’df/ yklnofnfO{ a’emfpFb} OG;]ssf cWoIf 8f OlGb/f >]i7nufot . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं । आज भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन समग्रमा शान्तिपूर्ण भए पनि केही जिल्लामा भएको विवाद र हिंसात्मक घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले चिन्ता व्यक्त गरेको छ ।

सो केन्द्रले निर्वाचनका प्रारम्भिक प्रतिवेदन आज प्रमुख निर्वाचन आयुुक्त दिनेशकुमार थपलियालाई बुझाउँदै आयोगले शून्य सहनशीलताको नीति अपनाएको भए पनि निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा कमी आएको नदेखिएको जनाएको छ ।

सो संस्थाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान गर्ने प्रक्रिया सहज गरेको पाइएको जनाएको छ । सीमान्तकृत नागरिक, ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी, अपाङ्गता भएका व्यक्तिलगायतका मतदातालाई विशेष व्यवस्था खानेपानी र शौचालयको व्यवस्था र स्वतन्त्र पर्यवेक्षकको अनुगमनमा पहुँचको विषयसमेत निर्वाचन र मानव अधिकार संरक्षणका लागि महत्वपूर्ण पक्षहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ३८ स्थानमा बम फेला, आठ स्थानमा बम बिस्फोट भएको र ६९ स्थानमा हवाई फायर भएको उल्लेख छ । इन्सेकले देशका सबै जिल्लामा सात सय ५१ जना पर्यवेक्षक परिचालन गरेको थियो ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा देखिएका सुधार विगतमा पर्यवेक्षक संस्थाले गरेका सुझावकै आधारमा भएको जनाउँदै आगामी दिनमा गर्नुपर्ने कानूनी सुधार र मतदाता शिक्षाको नियमित सञ्चालनबारे आयोगले फड्को मार्ने गरी काम गर्ने सोच बनाएको बताए । इन्सेकका अध्यक्ष डा.इन्दिरा श्रेष्ठले सो प्रतिवेदन बुझाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?