मतदान केन्द्रमा वृद्धको निधन

लोकपथ
65
Shares

तेह्रथुम । तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ । लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुग्नुभएका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो ।

रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लडेका थिए । वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जनाकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?