महोत्तरीमा ६५ प्रतिशत मत खस्यो

लोकपथ
0
Shares

महोत्तरी । महोत्तरीमा कुल मतको ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको छन् ।

मतदान स्थलमा स्थानीय निर्वाचनको जस्तो खासै उत्साह नदेखिएतापनि ६५ प्रतिशत मत भने खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोधकुमार महतोले जानकारी दिए । जिल्लाका केही ठाउँहरुमा विवाद र फर्जी मतदाता पक्राउ परेपनि चार वटै क्षेत्रमा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।

क्षेत्र नम्बर १ स्थित गौशाला नगरपालिकाको निगौल मतदान स्थलबाट ४ जनालाइ प्रहरीले नियन्त्रण लियो भने जिल्लाभरीबाट १८० भन्दा बढी सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ । जिल्लामा मतदान भएका मतपेटिकालाई मतगणना स्थलमा ल्याइएको छ ।

मतगणनास्थलमा ल्याइएका मतपेटिका दलहरूको सहमति जुटे आज रातीबाट नै गणना गरिने निर्वाचन अधिकृतहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?