सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्यो

लोकपथ
78
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६. २१ प्रतिशत मत खसेको छ । आइतबार बिहान सात बजेदेखि सुरु भएको सम्पन्न मतदानमा एक लाख ४६ हजार तीन सय ४९ मत खसेको छ ।

पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन् । सिन्धुपाल्चोकमा दुई लाख ६० हजार २ सय ७३ जना मतदाता छन् । सिन्धुपाल्चोकमा दुइ प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार सबै मतदान स्थलमा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ ।

६ वटा मतदान केन्द्रको मतपेटिका मतगणना स्थल आइपुगेको छ भने बाकि मतपेटिका आउने क्रम जारी छ । निर्वाचन क्षेत्र नं २ मा छिटपुट केही विवाद र झडप देखिए पनि तत्काल समाधान गरेर मतदान सम्पन्न गराउन सफल भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।

मतपेटिका स्टोररुम र मतगणना स्थल सुरक्षाकासाथ तयारी अवस्थामा राखिएको कोइरालाको भनाइ छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको छ ।

मतदान केन्द्रमा छिटपुट घटना

दिनभर पाँचपोखरी थाङपाल गाउँपालिका ३ भोताङ मावि मतदान केन्द्रमा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो । बिहानको सर्वलीय बैठकमा अशक्त व्यक्तिको हकमा घरका एकजनाले एक पटक मात्र प्रतिनिधि बनेर मतदानमा सहयोग गर्न मिल्ने निर्णय गरेको थियो ।

तर मतदानको बेला २ बजेतिर अपाङगता, जेष्ठ नागरिकको प्रतिनिधि बन्दै एकजनाले ४ जना सम्मको मतदान गर्न गएको भन्दै झडप भएको थियो । सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेनाले झडप नियन्त्रण गरेपछि मतदान अधिकृतले मतदान प्रक्रिया पुन सुरु गरि शान्तिपूर्ण मतदान सम्पन्न भएको हो ।

यस्तै मेलम्ची ११ स्थित जागेश्वरी निमावि बुथ बाहिर झडप भएको थियो । घटना स्थलमा नेपाल आर्मी परिचालित भएका थिए । यस्तै चौतारा साँगाचोकगढी नगरपालिका ७ स्थित शिद्धिगणेश, कुविण्डे स्थित श्री पञ्चकन्या माविमा केही समय विवादका दृष्यसमेत देखिए ।

समग्रमा मतदान केन्द्रहरुमा भने भयरहित वातावरणमा मतदान भएको प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले जानकारी दिए । छिटपुट घटना भए पनि त्यसलाई तत्काल समाधान भएका र सबै स्थानमा सामान्य रूपमा मतदान सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?