कास्कीमा ६० प्रतिशत मत खस्यो

लोकपथ
78
Shares

कास्की ।  प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत कास्कीमा ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । जिल्लाभर २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता थिए ।

योसँगै मतपेटिका संकलन सुरु भएको छ । प्रारम्भिक अनुमान अनुसार ६० प्रतिशत हाराहारी मत खसेको प्रदेश निर्वाचन कार्यालयका सुचना अधिकारी रुद्र न्यौपानले जानकारी दिए ।

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । जिल्लाको मतदान सामान्य हिसावमा सकिएको उनले बताए । माछापुच्छ्रेको एक मतदान केन्द्रमा मतदाताले बुथ फाल्ने बाहेक अरु अप्रिय घटना नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?