निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा प्रधानमन्त्रीले दिए धन्यवाद

लोकपथ
65
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगलाई धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज साँझ ट्वीट गर्दै देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा आयोगलाई विशेष धन्यवाद दिएका हुन् ।

उनले निर्वाचन सफल बनाउने कार्यमा खटिने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई पनि धन्यवाद दिए । ‘निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु ।

साथै निर्वाचन सफल गराउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्ववेक्षकहरूमा धन्यवाद तथा आभार व्यक्त गर्दछु’, प्रधानमन्त्रीले ट्वीटमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?