कैलालीमा ६२ प्रतिशत मत खस्यो, मतपेटिका संकलन गरिँदै

लोकपथ
91
Shares

कैलाली । कैलालीमा जम्मा मतदाताको ६२ प्रतिशत मात्रै मत खसेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार जम्मा ५ लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा करिब ६२ प्रतिशत मात्रै मत खसेको हो ।

जिल्लाको केही स्थानमा शंकास्पद वस्तु फेला परेपनि समग्रमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रजिअ थापाले जानकारी दिए ।

मत गणनाका लागि सम्पन्न भएका पाँचवटै निर्वाचन क्षेत्र अन्तर्गका मतदान केन्द्रबाट मतपेटिका संकलनको कार्य भइरहेको जनाइएको छ । मतगणना भने भोलिदेखि सुरु हुने बताइएको छ । कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?