मनाङमा खस्यो ७३ प्रतिशत मत

लोकपथ
65
Shares

काठमाडौं । हिमालपारिको जिल्ला मनाङमा  मतदाताको उल्लासपूर्ण सहभागीता रहेको छ ।  जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुस्पराज शर्माका अनुसार मनाङमा ६ हजार सात सय ७९ मतदाता रहेकोमा  अस्थायी मतदाता ७३ प्रतिशत मत खसेको छ ।  जिल्लामा जम्मा ४ हजार ८ सय ४५ मत खसेको छ ।  जसमध्ये महिला २ हजार ४ सय ९१ र पुरुष २ हजार ४ सय ५८ जनाले मतदान गरेका छन् ।

मनाङको २९ वटा मतदान केन्द्रमा  शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । मनाङको नार्पाभुमीबाट सदरमुकामसम्म मतपेटीका आउन समय लाग्ने भएकाले मनाङमा सोमबार  मात्र मतगणना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?