कहाँ-कहाँ हुँदैछ काठमाडौंको मतगणना ?

लोकपथ
208
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदका लागि आइतवार (आज) सम्पन्न आम निर्वाचनको अन्तर्गत काठमाडौंको मतगणना दश फरक–फरक स्थानमा हुने भएको छ ।

काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको आयोगले बताएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौंका यि क्षेत्रमा हुँदैछ मतगणना :-

  • क्षेत्र नम्बर १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा बानेश्वर ।
  • क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थली ।
  • क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटी ।
  • क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवन ।
  • क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवन ।
  • क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थली ।
  • क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हल ।
  • क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुल ।
  • क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन ।
  • क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?