गुल्मीको अर्बेनीमा मतदान स्थगित

लोकपथ
133
Shares

गुल्मी । गुल्मीको क्षेत्र नं १ अन्तर्गत कालीगण्डकी गाउँपालिका २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ९क० केन्द्रमा मतदान स्थगित भएको छ ।

मतदान चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्ष तर्फको ५५ वटा मतपत्र परेपछि मतदान स्थगित भएको हो ।

मतदान कसरी सुचारू गर्ने भन्ने विषयमा दलका प्रतिनिधिहरू बीच छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?