रामेछापमा दुई युवामाथि कुटपिट

लोकपथ
35
Shares

काठमाडौं । रामेछापको रामेछाप नगरपालिका–८ स्थित डुम्रिखर्क भन्ने ठाउँमा दुई युवामाथी भएको कुटपिटको घटना निर्वाचन लक्षित नभएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताएअनुसार उक्त घटना चुनाव केन्द्रीत नभएको बताएका हुन् ।

थिङले बताए अनुसार २१ वर्षीय गोविन्द सुवेदी र ४१ वर्षीय देवीलाल सुवेदीमाथि कुटपिट भएको हो । उनिहरुलाई चारजनाको समूहमा आएको मानिसहरूले कुटपिट गरेको बताइएको छ ।

घाइतेहरुको खुट्टा र टाउकोमा चोट लागेको र उनिहरुको अवस्था सामान्य रहेको थिङले बताए । डिएसपी थिङले पीडितहरुको रामेछाप अस्पतालमा उपचार भइरहेको बताए । हाल घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएका हुन् । घटनाको वास्तविकता भने नखुलेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?