मतदानको केही समय बाँकी, ६० प्रतिशत मत खस्यो

लोकपथ
147
Shares

काठमाडौं । देशभर हालसम्म ६० प्रतिशत हाराहारीमा मतदान सकिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता फणीन्द्रमणी पोखरेलले लोकपथलाई दिएको जानकारी अनुसार मतदानको केही समय बाँकी रहँदा ६० प्रतिशत हाराहारीमा मत खसेको हो ।

‘देशभरबाट आएको रिपोर्ट अनुसार हालसम्म ६० प्रतिशत हाराहारीमा मत खसेको अनुमान गरिएको छ ।’ उनले लोकपथसँग भने ।

उनका अनुसार देशभरबाट ६५ प्रतिशत हाराहारीमा मतदान हुने अनुमान गरिएको छ ।

देशका विभिन्न स्थानमा विवाद हुँदा हालसम्म १५ स्थानको मतदान रोकिएको छ । रोकिएका मतदान केन्द्रमा सुचारु गर्ने तयारी गरिएको छ ।

देशभर मतदाताहरुमा उत्साह नदेखिएको कारण मतदानमा केही असर पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?