दोलखाको पुतलीकाठ बाहेकका स्थानमा रोकिएको मतदान शुरु

लोकपथ
39
Shares

काठमाडौं । दोलखाको पुतलीकाठमा राजनीतिक दलहरुबीच विवाद हुँदा उत्पन्न तनाब अझै कायमै रहेको प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले जानकारी दिएका छन् । लोकपथसँग कुराकानी गर्दै प्रजिअ खतिवडाले जिल्लाका अन्य स्थानमा आएका समस्या समाधान भएपनि पुतलीकाठको समस्या समाधान हुन नसकेको बताएका हुन् ।

उनले दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर २ जनज्योती माध्यमीक विद्यालय पुतलीकाठ मतदान केन्द्र तनाव उत्पन्न भएको र प्रहरीले चार राउण्ड हवाई फायर गर्दा पनि स्थिती सामान्य हुन नसकेकाले मतदान रोकिएको बताए ।

बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको र उक्त तनाब अझै शान्त नभएको प्रजिअ खतिवडाले बताए । उनले अहिले विवाद सामान्य पार्ने र मतदान प्रकृयालाई कसरी अगाडि बढाउने भन्ने बिषयमा छलफल भइरहेको बताए ।

आजै बिहान दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर २ स्थित अमर माध्यमिक विद्यालय भतरेचौर मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले हवाई फायर गरेको थियो । उक्त स्थानमा समस्या समाधान भईसकेको प्रजिअ खतिवडाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?