काठमाडौं । राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।
सोमबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा राणाले परिपक्व तरिकाले एकता गर्नका लागि ४–५ दिनको समय माग्दा थापाले नमानेको जिकिर गरेका हुन् ।
एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापा नमानेको राणाले बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा बोल्दै राणाले कमल थापाको 'तातै खाउँ जल्दै मरौँ ' प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको बताए ।
तीनवटै राप्रपा एकताका लागि आफू अझै पनि तयार रहेको भन्दै राणाले हतारमा एकता गरेर प्रभावकारी नहुने बताए । एकताक ालागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चिन्ह र नाम टुङ्गो नलागेको राणाले जानकारी दिए ।
कमल थापाले पार्टीको नाम, चुनावचिन्ह र झण्डा राप्रपा नेपालकै कायम राख्नुपर्ने अडान राखेकाले पनि एकतामा असर परेको राणाले बताए ।
“तीनवटा पार्टी मिल्दा सबैले सम्झौता गर्नुपर्छ । नाम, झण्डा र चुनावचिन्ह सबै एउटै पार्टीको कायम राख्न सकिदैन । गाईलाई चुनाव चिन्हमान्न म सक्दिन ।” राणाले भने ।
एकीकृत पार्टीले गणतन्त्र मान्ने किन मान्ने विषयमा पनि फर्मुला तयार भइसकेको भन्दै राणाले उक्त फर्मुला भने अहिले सार्वजनिक नगर्ने बताए ।
धर्मनिरपेक्षका विषयमा भने सहमति भइसकेको उनले बताए । तीनवटै राप्रपा हिन्दु राष्ट्रको पक्षमा रहेको राणाको भनाई थियो ।
“नेपाललाई जसरी भएपनि हिन्दु राष्ट्र बनाएरै छाड्ने राणाले बताएका छन् । हिन्दु राष्ट्रमा त नेपाल जानैपर्छ । यो नै हाम्रो पहिचान हो । जसरी पनि हिन्दु राष्ट्र बनाइन्छ ।” राणाले भने ।
नेपाली कांग्रेस तत्कालिन नेकपा एमाले र माओवादीले नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएर देशका लागि अन्याय गरेको राणाको आरोप थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया