पूर्वी नवलपरासी । कावासोती ६ विष्णुनगरस्थित ९० वर्षीया पवित्रा काफ्लेले मतदान गरेकी छन् । मतदान महत्वपूर्ण भएकाले मतदान गर्न आएको काफ्लेले बताईन् ।
शारीरिक रुपमा अशक्त पनि ‘ह्विलचियर’को साहारामा मतदान केन्द्रसम्म आइ मतदान गर्न पाउँदा खुसी लागेको काफ्ले बताईन् । कावासोती–६ विष्णुनगरको जनता माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा उनले मत राखेकी थिईन् ।
कावासोतीकै गोमता भूर्तेल पनि शारीरिकरुपमा अशक्त छिन् । उनी पनि ‘ह्विलचियर’ प्रयोग गर्नुहुन्छ । तर गत स्थानीय तहको निर्वाचनमा मतदानस्थल अपाङ्गमैत्री नहुँदा उनलाई मत खसाल्न गाह्रो भएको उनी बताउछिन् ।
देवचुली(१५ कि ८८ वर्षे ज्ञानकुमारी श्रेष्ठ पनि ‘ह्विलचियर’ बिना आवतजावत गर्न सक्दैनिन् । उनले मताधिकारको सहजताका लागि अपाङ्गतामैत्री मतदान केन्द्र हुनुपर्ने बताउछिन् । समथर स्थानमा भन्दा पहाडी भेगमा मतदान केन्द्रसम्म पुग्न अपाङ्ग व्यक्तिहरुलाई असहजता हुने उनको भनाइ छ ।
कावासोतीका दलबहादुर पाण्डे दृष्टिविहीन छन् । उनी अरुको सहायतामा नभइ आफैँ मत हाल्न मन छ । त्यो व्यवस्था अहिले नभएकाले त्यो सम्भव भएन । प्रविधिको प्रयोग र डिजिटल माध्यमबाट मत हाल्ने व्यवस्था भए दृष्टिविहीनलाई सहज हुने उनको तर्क छ । देशभर कुल मतदातामध्ये दुई प्रतिशत अर्थात् करिब तीन लाख ६० हजार अपाङ्गता भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया